मौन अवधि राति १२ बजेदेखि शुरु

मौन अवधि राति १२ बजेदेखि शुरु

काठमाडौ । मंसिर २१ गते ४५ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि शुरु हँदैछ।

मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुञ्जेलसम्म राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, मतदाता र सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन पाउने छैनन् ।

मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने तथा मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार प्रसारका सामग्री हटाउनु पर्ने निर्वाचन आचार संहितामा उल्लेख गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

मौन अवधिमा एसएमएस, सामाजिक सञ्जाल, विद्युतीय माध्यमद्वारा मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न पनि पाइने छैन ।