भाइरल ज्वरोले १२ जनाको ज्यान लग्यो

भाइरल ज्वरोले १२ जनाको ज्यान लग्यो

काठमाडौ । मुगुको खत्याड गाउँपालिकामा फैलिएको भाइरल ज्वरोका कारण महिला र बालबालिका धेरै प्रभावित भएका छन् ।

एक महिनादेखि फैलिएको भाइरल ज्वरोका कारणले १२ जना मृत्यु भएको छ । जसमा ६ जना महिला रहेका छन् भने ६ जना बृद्ध र बालबालिका रहेका छन्।

मौसममा आएको परिवर्तनका कारण भाइरल ज्वरोको प्रकोप बढेको र त्यसबाट सबैभन्दा बढी महिला तथा बालबालिका प्रभावित भएको निमित्त जिल्ला स्वास्थ्य अधिकृत धनप्रसाद शर्माले बताए ।