रेकर्ड तोड्दै १५२औ पटक रक्तदान गरे कर्माचार्यले

रेकर्ड तोड्दै १५२औ पटक रक्तदान गरे कर्माचार्यले

काठमाडौ । हाल देशभित्र भईरहेको रगत र रक्ततत्वहरूको अभाबलाई न्यूनीकरण गर्नको निम्ति नेपाल स्वयंसेवी रक्तदाता समाजले बृहत रक्तदान कार्यक्रमको आयोजना गर्न सबैसामु हार्दिक आव्हान गरेको छ ।

समाजद्वारा गरिएको आह्वानलाई सार्थक तुल्याउँदै आज काठमाडौ ज्ञानेश्वर स्थित नारायणचौर स्थित सहयोगी महिला जागरण समूहद्वारा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

सहयोगी महिला जागरण समूहका अध्यक्ष राधाकुमारी श्रेष्ठको सभापतित्वमा रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले १५२ औं पटक रक्तदान गरेको हो ।

कार्यक्रम लायन्स क्लब अफ एभरेष्टका लायन अम्मर बहादुर श्रेष्ठको प्रमुख अतिथ्यतामा कर्माचार्यलाई दोसल्ला ओढाएर सार्वजनिक सम्मान गरिएको थियो।