पुग्ने भयो मंगल ग्रहमा २३ आँखे रोबट

पुग्ने भयो मंगल ग्रहमा २३ आँखे रोबट

वैज्ञानिकहरुले १.५ बिलियन अमेरिकी डलर खर्च गरेर नासाले मंगल ग्रहमा मानव जीवनको सम्भावना खोज्न ‘द मार्स २०२० रोभर’ नामक २३ आँखे (क्यामेरा) सहित जडान भएको रोबोट विकसित गरेको छ ।

यस उपकरणमा वनाउन १.५ बिलियन अमेरिकी डलर खर्च भएको वैज्ञानिकहरुको दाबी छ । यस रोबटमा जोडिएका २३ क्यामेराले नुनको सानोभन्दा सानो कण समेतलाई जुम गर्न सक्षम रहेको छ ।

मंगल ग्रहको वातावरण पत्ता लगाउन र सतहको माथिल्लो र भित्री चट्टान, माटो र धुलोको नमूनाको विश्लेषण गर्न नासाले एक सय मिलियन डलरको ७ नयाँ उपकरणको पनि डिजाइन गरेको छ ।

‘द मार्स २०२० रोभर’ रोबोटलाई सन् २०२० को जुलाई वा अगस्टमा लञ्च गरे पश्चात मंगल ग्रहमा पठाइने बैज्ञानिकहरुको दाबी छ । त्यसपछि भने त्यहाँ भएका जीवन संभाव्यताको संकेत खोज्न यो रोबट दुई बर्ष ग्रह वरिपरि घुम्नेछ ।

त्यस्तैगरी सन् २०१२ मा नासाको ‘द मार्स क्युरिओसिटी रोभर’ नामक उपकरण मंगल ग्रहमा उत्रेको थियो, जसले अझै वैज्ञानिकलाई उपयोगी डाटा पठाइरहेको छ। ‘द मार्स २०२० रोभर’ रोबट यसको विकसित रुप हो, तर यसमा नयाँ पार्टपूर्जा र उपकरणहरु जडानयुक्त छन् ।

अहिले नासाले रोबटको नयाँ ल्यान्डिङ प्रविधिको विकास गरिरहेको छ, जसले अगाडिको अध्ययन अनुसार खतरा मानिएका ठाउँमा पुग्न सजिलो तुल्याउँने छ।

यस रोबटमा जडान ७ वैज्ञानिक क्यामेराले मंगल ग्रहको पर्यावरणको नमूना तस्विर समेत उपलब्ध गराउन मद्दत गर्नेछ ।

– एजेन्सी ।