अन्तराष्ट्रिय अपांगता दिवस मनाउँदै

अन्तराष्ट्रिय अपांगता दिवस मनाउँदै

काठमाडौ । आज अपांगता भएका ब्यक्तिहरुको २६ औं अन्तराष्ट्रिय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ । अपांगता भएकाहरुको मानव अधिकारका विषयमा वकालत गर्दै यो दिवस मनाउने गरिन्छ ।

यो वर्ष “सबैको लागि दिगो र समतामुलक समाज उन्मुख रुपान्तरण ” भन्ने अन्तराष्ट्रिय नारा तय गरिएको छ । यस्तै “कोहि पनि नछुटुन्, दिगो विकासको नाराः अपाङ्गतामैत्री योजना कार्यान्वयनमा जुटौं हामी सारा ” भन्ने राष्ट्रिय नारा सहित महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको समन्वयमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लगायतका संघसंस्थाले कार्यक्रम गर्दैछन् ।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन १९९२ देखि यो दिवस मनाउन शुरू गरिएको हो । नेपालमा यसको शुरूवात सन १९९३ बाट भएको हो ।