क्यान्सर र किडनी फेलियर रोगीलाई प्रतिमहिना नगद १ लाख

क्यान्सर र किडनी फेलियर रोगीलाई प्रतिमहिना नगद १ लाख

काठमाडौ । यहि मंसीर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा संघीय समाजवादी फोरम नेपालको तर्फबाट विजय सुनिश्चित हुने मूल उद्देश्यकासाथ चुनावी महासंग्राममा होमिएका छन् ज्ञानेन्द्र मोहन श्रेष्ठ ।

काठमाडौ क्षेत्र नं.७ का एकमात्र सबैको प्रिय तथा पत्यारिले नेता ज्ञानेन्द्र मोहन श्रेष्ठ । उनको नाम नपुकार्ने व्यक्ति र अपरिचित व्यक्ति भन्ने कोही छैनन् काठमाडौ क्षेत्र नं. ७ मा । सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रबाट अग्रणी भूमिका निर्वाह गर्दै आएका एक मात्र व्यक्ति हुन् श्रेष्ठ।

नेपालका धेरैजसो विरामीहरु क्यान्सर तथा किड्नी फेलियरका कारण प्रताडित छन् । त्यैभएर मनभित्रैबाट बुझेर स्वच्छ र सफा मन भएका जनताको मन मन्दिरमै वास गरेको दानवीर उम्मेद्वार श्रेष्ठले क्यान्सर तथा किड्नीबाट पिडित रोगीहरुलाई प्रतिमहिना नगद १ लाख दिने घोषणा गरेको हो।

यसरी समाजकै उदाहरणीय संजीवनी बुटीको रुपमा गुरुयोजनाहरु ल्याएर ज्यानै लिने रोगबाट छुटकारा पाउने धेरै नेपालीहरुको ज्यानको जोखिमलाई कम गराउँनु भनेको चानचुने कुरा होइन दैविक चमत्कारिक नै उपाय हो ।

यदि यस विषयमाथि सरकारले कुनै पहल नगरेमा र जिम्मा नलिएमा संघीय समाजवादी फोरम नेपालले जिम्मेवारी लिन्छ, यसरी वाचा गर्छन् काठमाडौ क्षेत्र नंबर ७ का वरिष्ठ नेता, जितको प्रमुख दावेदार ज्ञानेन्द्र मोहन श्रेष्ठ ।

उम्मेदवार श्रेष्ठले काठमाडौमा देखिएको जग्गा विवाद तथा भू–माफियाको अन्त्यष्टि नै गरेर नयाँ युगको स्वस्थ्य समाज निर्माण गर्ने बृहत् योजना सहित आफू आएको बताउँछन्।

जातिय मुक्तिका लागि संघीय समाजबादी फोरम र बर्गिय मुक्तिका लागि समाजवादको नारा सहित हिमाल, पहाड तथा तराई सवै एकै सुत्रमा अट्ने एक मात्र पार्टी संघीय समाजवादी फोरम नेपाल भएको बताएका दाबी गर्छन् ।

ज्ञानेन्द्र मोहन श्रेष्ठका विकासवादी मूख्य मूख्य एजेण्डाहरु

  •  दायां–बायाँ ढल निकास राखी, ठाउं–ठाउंमा रिसाइकल र फिलटेरेसन गरी ३ दशक अगाडिकै अवस्थामा पुर्याउने ।
  • कम विकसित राष्ट्रहरुमा भैराखेको दीर्घरोग, किडनी, क्यान्सर जस्तालाई निःशुल्क उपचारको व्यवस्था गर्ने ।
  • बढ्दो सवारी चापले गर्दा दैनिक ट्राफिक जामलाई न्यूनिकरणको निम्ति सोह्रखुट्टेदेखि बाइपाससम्म फ्लोओभर, आगामी ३ बर्षभित्र निर्माण कार्य संपन्न गर्ने ।
  • विचौलियाहरुलाई निरुत्साहित गरी स्वबासी दर्ता, जग्गा दर्ता, तथा जग्गा बाँडफाँड गर्ने, जनताको मौलिक हक, अधिकारको सुरक्षा गर्ने।
  • राष्ट्रका विभिन्न जनजातिहरुको बाहुल्य रहेको हुंदा पहिचान सहितको संघीयता कार्यान्वयन गर्ने तर्फ पहल गर्ने ।
  • महाभूकम्पवाट पीडितहरुलाई राज्यले ऋण उपलव्ध गराएका व्यक्तिहरुको ऋण मिनाहा गर्न पहल गनुकासाथै ध्वस्त भएका सांस्कृतिक, सामरिक महत्वका पाटी पौपा, मठ मन्दिर र भवनहरुलाई यथाशिघ्र निर्माण गर्न पहल गर्ने ।
  • स्मार्टसिटीहरुको अवधारणा निर्माण गरि बढ्दो शहरीकरणलाई व्यवस्थित गर्न पहल गर्ने ।
  • अर्वबान युथ सेल्फ इम्प्लोयमेन्ट प्रोग्राम संचालन गरी युवा स्वरोजगार तथा उद्यमशीलतामा विशेष जोड दिने ।
  • वुमन डिभेलपमेन्ट प्रोग्राम संचालन गरी घर–घरमा रहेका गृहिणी महिलाहरुको सीपलाई आर्थिक उत्पादनमा लगाई आत्मनिर्भर गर्ने।
  • काठमाडौमा रहेका सांस्कृतिक सम्पदाहरुलाई उचित संरक्षण गरी क्यू–कोड राखि संपूर्ण पर्यटकको पहुँचमा पु¥याउने ।
  • ढिलासुस्तीका कारणले आम जनमानसमा पर्न गैरहेको असहज परिस्थितिलाई व्यवस्थित तुल्याई प्रोपर लस वर्क प्रोग्राम अनलाईबाटै घरमै बसी वसी सरकारी कार्यहरु गर्न सक्ने क्षमतामा बृद्धि गर्ने ।
  • समाजमा रहेका बयोबृद्धहरुलाई बृद्धाश्रम होइन, उचित संरक्षण चाहिने हुंदा ठाउं–ठाउंमा जेष्ठ नागरिकहरुको लागि पार्क तथा परामर्श केन्द्र निर्माण गर्ने।

यसरी १२ बुँदे सुधारवादी र उदारवादीहरु एजेण्डाहरुकासाथ नौलो समाजको निर्माण गर्ने अदभूत कल्पना गर्दै आफ्नो जित सुनिश्ति गराउँन हरेक जनताको घरद्वारमा पुगेर आफूलाई मतदान गर्न हार्दिक अपिल समेत गरेका छन् ।