सरोज अधिकारीद्वारा निर्देशित भिडियो सर्वत्र सार्बजनिक

सरोज अधिकारीद्वारा निर्देशित भिडियो सर्वत्र सार्बजनिक

काठमाडौ । शरोज अधिकारीको निर्देशनमा नेपालकै सर्वाधिक लोकप्रिय युट्यूव च्यानेल म्यूजिक नेपाल मार्फत सार्वजनिक गरिएको छ एउटा मार्मिक नेपाली म्यूजिक भिडियो जसको नाम रहेको छ “मेरो माया मनभरी”।

“मेरो माया मनभरी” म्यूजिक भिडियोमा चर्चित मोडलको रुपमा चिरन अधिकारी र गिता माझीले मनै कटक्कै खाने गरी लोभैलाग्दो गीतको भाका र शब्द झै मन छुने अभिनय पस्केका छन् ।

अहिलेकै अत्याधुनिक मेशिन ड्रोन क्यामेराको प्रयोगमा छायांकन गरिएको गीतमा गायक नरेश लिङदेन र गायिका सुनिता थेगिमले मनै पगाल्ने गरी स्वर भरेका छन्।

जुन भिडियोमा ड्रोन ओपेरेटरको भूमिका सन्देश मोतेले निभाएका छन्।

शब्द सरोज चेम्जोङले कोरेका हुन् भने संगीत नरेश लिङदेन भरेका छन्।

त्यस्तैगरी एजेन्जमा विष्णु अधिकारी, क्यामेरा र सम्पादनमा तिलक रिजाल र मेकअपमा नविन खवास छन्।

निर्मात्री तथा प्रोड्यूसर विभूती खनालले यस “मेरो माया मनभरी” म्यूजिक भिडियोको निर्माण गरेकी हुन् ।

म्यूजिक भिडियोलाई शरोज अधिकारीले निर्देशन गरेका हुन् भने ओपल रेर्डिङ्ग स्टुडियोको विशेष संयोजनमा तयार भएको हो ।