गितादेवी र नमराजको  आवाजमा “रुन्छ मन सम्झेर …”

गितादेवी र नमराजको आवाजमा “रुन्छ मन सम्झेर …”

काठमाडौ । भर्खरै ठेट नेपाली भाका अथवा लोक लयमा वैवाहिक जीवन सम्बन्धलाई आधारमा मानी तयारी गरिएको म्यूजिक भिडियो “रुन्छ मन सम्झेर छिनको छिन… “ सार्बजनिक भएको छ।

नेपालकै मौलिक वाजा मानिने पञ्जैवाजाको प्रयोग गरिएको म्यूजिक भिडियोलाई एक विशेष कार्यक्रमको आयोजना गरि प्रसिद्ध युट्यूव च्यानेल म्यूजिक नेपाल मार्फत विश्वभर एकैसाथ सुन्न र देख्न मिल्ने गरी सार्वजनिक गरिएको हो ।

“रुन्छ मन सम्झेर छिनको छिन… “  एकदमै मार्मिक शब्द, संगीत र स्वर भाकाको संगम रहेको भिडियोमा वरिष्ठ कलाकार सुरवीर पण्डीत, मोनिका दाहाल, राजेश श्रेष्ठ र महेन्द्र ढकालले विर्सनै नसकिने अभिनय प्रस्तुत गरेको छ ।

रामशरण पृथकसोच को शब्द रहेको म्यूजिक भिडियोमा चर्चित स्वरकी धनी गितादेवी र नमराज ढुङ्गानाको मार्मिक लोकभाका रहेको छ ।

जसमा लय गायिका गितादेवीकै रहेको छ । निर्देशक देवेन्द्र पाण्डेको निर्देशन रहेको यस भिडियोमा सम्पादन मिलन वि.क. र राजेश कुमारले गरेका छन् भने एरेञ्ज विष्णु तामाङको रहेको छ।

भिडियो दृष्य निर्माण भने सम्पूर्ण फिल्मस् प्रा.लि.ले गरका हुन्।