गजल : तिमीलाई

गजल : तिमीलाई

हरियाली वनपाखा, पहाड पर्बत देख्छु तिमीलाई
सौन्दर्यको बयान गर्दै, एउटा चिठ्ठी लेख्छु तिमीलाई ।

यसरी अघि बढ्नु सँधै , सबैको आधार बनेर
सहारा बन्नु है उकालीमा, लौरो टेक्छु तिमीलाई ।

बुढो भई अन्तिम क्षण, भुइँमा तिमी ढल्दा खेरि
तातो आगो जाडो याममा, बाली सेक्छु तिमीलाई ।

पृथ्वीमा उम्रेर तिमी, आकाश तिर लम्कि जान्छौ
दाँजेर हेर्दा सानी, भुइँबाटै भेट्छु तिमीलाई ।

हो जीवित हौ थाहा छ, दुख्छ होला मलाई जस्तै
यी निर्दयी हात, हतियारद्वारा रेट्छु तिमीलाई ।

– मनिषा प्रसाई ।