दासता दिवसको अवसरमा विभिन्न कार्यक्रम

दासता दिवसको अवसरमा विभिन्न कार्यक्रम

काठमाडौ । आज अन्तराष्ट्रिय दासता उनमूलन दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी दासता दिवस मनाइदैछ । विभिन्न क्षेत्रमा हुने गरेको शोषणको अन्त्यका लागि सन्देश प्रवाह गर्न संयूक्त राष्ट्रसंघको आह्वानमा सन् १९४९ देखि हरेक वर्ष डिसेम्वर २ का दिन यो दिवस मनाउने गरिन्छ ।

दास तथा दासताका प्रथाहरुको अन्त्य भएपनि दासताको परिवर्तित स्वरुपहरु विश्वमा चुनौतिपूर्ण रुपमा रहि नै रहेको छ । नेपालमा श्री ३ चन्द्र शमसेर जंगबहादुर राणाले विसं १९८३ मा दास प्रथा उन्मूलनको घोषणा गरेकोे थियो । तर विभिन्न स्वरुपमा दासता कायम नै छ ।

कम्लरी, हलिया, कमैया जस्ता प्रथा अन्त्यको घोषणा भए पनि उनीहरुको जिवनयापन सहज हुन सकेको छैन । नेपालमा हुने मानव तस्कर, अङ्ग तस्कर र जबरजस्ती यौन ब्यवसायमा लगाईने जस्ता कार्यहरु पनि दासताको परिवर्तित स्वरुप हुन् ।