दलहरुको ठाउँ-ठाउँमा चुनावी सभा र सम्बोधन

दलहरुको ठाउँ-ठाउँमा चुनावी सभा र सम्बोधन

काठमाडौ । यहि मंसिर २१ गते ४५ जिल्लामा हुने दोस्रो चरणको चुनाव आउन अब ५ दिनमात्र बाँकी रहँदा दलहरुले चुनावी प्रचारलाई झन तिब्र पारेका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायतका दलहरुले आज पनि मुलुकका बिभिन्न ठाउँमा चुनावी सभाको आयोजना गरेका छन् ।
बामगठबन्धनले गरेको चुनावी सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संबोधन गर्ने कार्यक्रम छ।

त्यस्तै लोकतान्त्रिक गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका शिर्ष नेताहरुले संबोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री देउवाले आज सुदुरपश्चिमका बिभिन्न ठाउँमा हुने सभालाई संबोधन गर्ने कार्यक्रम तय भएको उनको निजी सचिवालयले जनाएको छ।

एमाले अध्यक्ष ओलीले झापाको कमल गाउँपालिकाको चुनावी सभा, बिहान ११ बजे मोरङको उर्लाबारी, दिउँसो १ बजे उदयपुरको गाईघाट र ३ बजे सुनसरीको दुहवीमा हुने चुनावी सभालाई संबोधन गर्ने कार्यक्रम रहेको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिउँसो १२ बजे हुने कपिलबस्तुको चुनावी सभालाई संबोधन गर्ने कार्यक्रम छ ।

Share