‘मेरो स्वास्थ्य, मेरो अधिकार’ नाराकासाथ विश्व एड्स दिवस मनाउँदै

‘मेरो स्वास्थ्य, मेरो अधिकार’ नाराकासाथ विश्व एड्स दिवस मनाउँदै

काठमाडौ । आज विश्व एड्स दिवस । यसै अवसरमा विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाउँदैछ । यस वर्ष ‘मेरो स्वास्थ्य मेरो अधिकार’ भन्ने नारा तय गरिएको छ ।

एचआइभी र एड्स सम्वन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागी बिश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जोगाउन सन् १९८८ देखि हरेक वर्ष डिसेम्वर १ मा विश्व एड्स दिवस मनाउन थालिएको हो ।

नेपालमा पनि आज विभिन्न जनचेतनामुलक कार्यक्रम आयोजना गरिएको राष्ट्रिय एचआईभी एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ।

नेपालमा अघिल्लो वर्षको तुलनामा एचआइभी संक्रमीतको संख्या घटेको छ । केन्द्रका अनुसार संक्रमितको संख्या ३२ हजार ७ सय ३५ रहेको छ।

जसमा २० हजार २ सय ३२ पुरुष र १२ हजार ५३ जना महिला संक्रमित छन् । सन २००५ देखि १६ सम्ममा विश्वब्यापि रुपमा एचआइभी एड्सका कारण मृत्यु हुनेको संख्या ४८ प्रतिशतले कमि आएको छ ।

नेपालमा रहेका संक्रमितहरुमा ७० प्रतिशत असुरक्षित यौन सम्पर्कका कारण हुने गरेको पाइएको छ । एचआइभी संक्रमितहरु खुलेर नआउने हुँदा हाल १४ हजार ५ सय ४४ जनाले मात्रै उपचार गराइरहेका छन् ।

एचआइभी रोकथामका लागि सरकारले यस वर्ष ५० करोड र निशुल्क औषधिका लागि १४ करोड बजेट विनियोजन गरेको छ ।