चलचित्रक्षेत्रकै महंगो सम्झ्यौता-पत्रमा हस्ताक्षर

चलचित्रक्षेत्रकै महंगो सम्झ्यौता-पत्रमा हस्ताक्षर

काठमाडौं । चलचित्र निर्माता प्रकाश न्यौपानेले निर्देशक राजु गिरी र चलचित्र क्षेत्रमा छिनछिनमै तलहल्का मच्चाउँदै आएकी नायिका शुभेच्छा थापालाई चलचित्र निर्जलामा अहिलेसम्मकै महगो रेटमा हस्ताक्षर गराउन भ्याएका छन् ।

शुभश्री प्रोडक्सन प्रा. लि. द्वारा निर्माण हुन लागेको चलचित्र निर्जलामा नायिका शुभेच्छा थापालाई हालसम्मकै महगो रेट रु. ८ लाखमा र निर्देशक राजु गिरीलाई ११ लाखमा हस्ताक्षर गराएको हो ।

प्रकाश न्यौपाने हाक्का हाक्की टेलिसिरियलका कलाकार एबम् निर्माता हुन् । हाल निर्माण हुन गइरहेको चलचित्र निर्जला पनि उनैले निर्माण गर्न लागेको हो । चलचित्र निर्जला भने यहि मंसिर १७ गते देखि छायांकनमा जाने पूरा तयारी भइरहेको पनि न्यौपाने बताए ।

चलचित्र निर्जलामा निर्देशक राजु गिरी र नायिका शुभेच्छा थापाले अहिलेसम्मकै महंगो र मोटो रकम रहेकोे सम्झ्यौता पत्रमा हस्ताक्षर गरेका छन् । चलचित्रमा रामेश्वर हुमागाइँको छायांकन रहने छ भने निर्देशन राजु गिरीले गर्ने भएको छ ।

बावुल गिरीले संगित भरेको चलचित्र निर्जलाको गीतमा मेलिना राईले आवाज दिएकी छिन् भने चाडै नै अरु गीतहरुको रेर्डिंग कार्यलाई तीब्र पारिने निर्माता प्रकाश न्यौपानेले जानकारी दिए।

चलचित्र निर्जलाको कलाकारहरुमा अहिलेसम्मकै हट नायिका शुभेच्छा थापाका साथमा निक शर्मा, जयनन्द लामा, राजु पौडेल, मरिचमान (बल्छी धुर्बे) रश्मी भट्ट, पल्पसा डंगोल, राजकुमार थापा, भिम खनाल, मदन सिटौला लगायतका कलाकारहरुको खरो प्रस्तुती रहने निर्माता न्यौपानेको दाबी छ।