स्वास्थ्य वीमालाई वढाएर १ लाख पुर्याउने तयारी

स्वास्थ्य वीमालाई वढाएर १ लाख पुर्याउने तयारी

काठमाडौ । स्वास्थ्य विमा मार्फत बार्षिक पाउदै आएको ५० हजार बराबरको नागरिक उपचार सेवालाई सरकारले बढाउने तयारी गरेको छ।

हालको ५० हजार बराबरको उपचार सेवालाई बढाएर १ लाख रुपैयाँसम्म पु¥याउने तयारी गरेको स्वास्थ्य बिमा सञ्चालन गर्दै आएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका निर्देशक डा. गुणराज लोहनीले जानकारी दिए ।

बिमा नवीकरण गर्दा लाग्ने शुल्कमा समेत सहुलियत दिने तयारी भएको निर्देशक लोहोनीले बताए ।  यस्तै भर्खर बिमा गरेका तर उपचार सुविधा नलिएकाहरुलाई सुविधा लिने बेलामा सहुलियत दिने तयारी भइरहेको निर्देशक डा. लोहनीले जानकारी दिए।

सरकारले स्वास्थ्य बिमा विधेयक संसदबाट पारित गराएर लागू भइसकेको छ । सरकारले आर्थिक वर्ष ०७३/०७४ को बजेट मार्फत तीन वर्षभित्र सबै नेपालीको स्वास्थ्य बिमा गर्ने लक्ष्य राखेको छ ।

अब स्वास्थ्य विमा सबै नागरिकलाई अनिवार्य गर्ने सरकारको तयारी छ । नेपालमा २०७२ चैत २५ देखि स्वास्थ्य बिमा कार्यक्रम लागू भएकोे हो।

Share