५ दिने चेम्बर एक्सपो-२०१७ काठमाडौमा शुरु

५ दिने चेम्बर एक्सपो-२०१७ काठमाडौमा शुरु

काठमाडौ । नेपाल चेम्बर अफ कमर्सले आजदेखि काठमाडौंमा नेपाल चेम्बर एक्सपो–२०१७ आयोजना गरेको छ । मंसिर १८ गतेसम्म भृकुटीमण्डपमा चल्ने एक्सपोमा २ सय ५० स्टल रहने छन् ।

मेलामा नेपाल, भारत, थाइल्याण्ड, पाकिस्तान, बंगलादेश, चीन, कोरिया, जापानलगायत विभिन्न मुलुकका ९० कम्पनीको उत्पादन प्रदर्शनीमा राखिने छन्।

एक्सपोमा अटोमोबाइल, विद्युतीय सामाग्री, फर्निसिङ, होम एप्लायन्स, फेसन वेयर तथा एक्सेसरीज, मोबाइल तथा ग्याजेट जस्ता वस्तु राखिने आयोजकले जनाएको छ।