भोलिबाटै ४५ जिल्लामा सुक्ष्म अनुगमनकर्ता खटिने

भोलिबाटै ४५ जिल्लामा सुक्ष्म अनुगमनकर्ता खटिने

काठमाडौ । दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा चुनावका लागि निर्वाचन आयोगले भोलिदेखि सुक्ष्म अनुगमनकर्ता खटाउने भएको छ । ४५ वटै जिल्लामा खटिने अनुगमनकर्तालाई आज अभिमुखीकरण कार्यक्रम राखिएको आयोगले जनाएको छ ।

आज दिउँसो १ बजे आयोगको कार्यालय कान्तिपथमा हुने कार्यक्रममा झण्डै ९० जना कर्मचारी सहभागी हुनेछन् । उनीहरुले भोलिदेखि मंसिर २२ गतेसम्म जिल्लामा रहेर आचार संहिता उल्लंघनबारे सुक्ष्म अनुगमन गरि आयोगमा रिपोर्टिङ गर्ने प्रवक्ता नवराज ढकालले जानकारी दिए।

मंसिर २१ गते हुने दोस्रो चरणको चुनावका लागि ७ हजार ७ सय ५२ मतदान स्थलमा १५ हजार ३ सय ४४ केन्द्र तोकिएको छ । दोस्रो चरणमा १ करोड २२ लाख मतदाताले मताधिकार प्रयोग गर्ने आयोगले जनाएको छ ।