तरकारीबाटै पचास हजार बचत, सुनकोसी-५ चाहलेकी अम्मकुमारी खत्री

तरकारीबाटै पचास हजार बचत, सुनकोसी-५ चाहलेकी अम्मकुमारी खत्री

ओखलुङ्गा । नेपालको उत्तर पूर्वी जिल्ला ओखलढुङ्गाका ग्रामीण भेग महिलाहरु तरकारी खेतीमा जुट्न थालेका छन् । पहिला पहिला श्रीमान्बाटै आस्रित हुनुपर्ने थितिलाई तोडेका छन्।

शुरु शुरुमा आफ्ना परिवारलाई मात्र धान्ने तरकारी खेतीलाई बृद्धी गरी आम्दानीको मूलस्रोत नै बनाएका छन् र जीविकोपार्जनमा सहज हुन थालेकाले परिवारमा खुशीको जीन्दगीमा परिणत भएका छन् ।

ग्रामीण भेगका विपन्न परिवारका महिला व्यावसायिक तरकारी खेती गरेर अहिले आत्मनिर्भर हुन थालेका हुन् । उनीहरूले धेरथोर जे जति भएपनि आफ्नै जग्गा जमिनमा तरकारी खेती गरिरहेका छन् ।

पहिले श्रीमान् माथि आश्रित आफूहरू तरकारी खेती गरेर कमाउन थालेको सुनकोसी–५ मूलखर्क, चाहलेकी अम्मकुमारी खत्री बताउँँछिन् । श्रीमानले मजदुरी गरेर कमाएको आम्दानीले घररखर्च छार्न समेत धौ धौ पर्ने र बालबच्चालाई पढाउन समेत गाह्रो भएका कारण आफू यो तरकारी खेतीमा होम्मिएको खत्रीको भनाइ छ।

नजिकै रहेको कोषभञ्ज्याङ र फलाँटे भञ्ज्याङमा लाग्ने हटियामा आफूले लगाएको तरकारी बेचेर वर्षभरि बालबच्चालाई शैक्षिक सामग्री र घरायसी खर्च चलाउन पुगेको बताउँदैै उनले बाइएन ।

खत्रीले भनिन् “अब श्रीमानसँग खर्च माग्नु पर्ने अवस्था छैन, केही बचाउन पनि सफल भएकी छु, आफ्नो कमाइले घरको खर्च धान्नुका साथै बालबच्चा पढाउन सजिलो भएको छ।”

खत्रीले चार वर्षदेखि निरन्तर करेसाबारी र थोरै जमिनमा तरकारी खेती गर्दै आएकी छिन् भने एक सिजनको आम्दानी बीस हजारभन्दा बढी नै वताइन्। तरकारी हटियामा लगेर र आफ्नो घरमै आउने ग्राहकलाई बेचेर पचास हजारसम्म बचत गरिरहेकी छिन् ।

मूलखर्ककी खत्री र आसपासका गाउँमा तरकारी खेती गर्दै आएका महिलाले उत्पादन गरेको तरकारी बजारीकरणमा भने समस्या रहेको छ । नजिकै रहेका दुईवटा हटिया बाहेक यहाँ कुनै बजार नहुँदा आफूहरूलाई समस्या रहेको स्थानीय महिलाहरु बताउँछन् ।