महालक्ष्मीले गर्यो एकैसाथ चार जिल्लामा शाखा विस्तार

महालक्ष्मीले गर्यो एकैसाथ चार जिल्लामा शाखा विस्तार

काठमाडौ । राजधानीकै मुटु मानिने दरवारमार्गस्थित केन्द्रिय कार्यालय रहेको महालक्ष्मी विकास बैँक लि. ले एकैसाथ ४ जिल्ला सदरमुकाममा शाखा विस्तार गरेको छ ।

बैकले बाजुराको मार्तडी, बझाङ्गको चैनपुर, बैतडीको पाटन र दाङ्गको घोराही गरी मंशीर १४ गते बिहिबारदेखि चार शाखाहरुबाट एकैसाथ बंैकिङ्ग कारोबार सञ्चालन गर्ने भएको हो ।

यसरी सुदुरपश्चिमको दुर्गम जिल्ला बाजुरा, बझाङ्ग र बैतडीमा शाखाहरु सञ्चालन गरेर प्रथम राष्ट्रियस्तरको विकास बैँक बन्न सफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले वताए ।

बैंकको नयाँ शाखाहरु सहित संख्या ७० र एटिएम काउण्टर संख्या ३५ पुगेको छ । बैंकले अब छिट्टै नै दार्चुलाको गोकुलेश्वरमा पनि शाखा विस्तार गर्ने तयारी गरिरहेको छ।

विकास बैँकहरु मध्येकै सबैभन्दा बढी चुक्ता पुँजी भएको महालक्ष्मी विकास बैँक लि. ले कात्र्तिक मसान्तसम्म २५ अर्ब ४३ करोड रुपँैया निक्षेप संकलन गरी २० अर्ब १२ करोड रुपँैया कर्जा प्रवाह गरेको छ ।