विद्युतीय धरापमा गम्भिर घाइते कार्की सहित ४ जनाको शिक्षण अस्पताल उपचार हुदै

विद्युतीय धरापमा गम्भिर घाइते कार्की सहित ४ जनाको शिक्षण अस्पताल उपचार हुदै

काठमाडौ । उदयपुरको दनुवारबेंसी  स्थित विद्युतीय धरापमा परि गम्भिर घाईते भएका नेपाली कांग्रेसका उम्मेदवार नारायण कार्की सहित ४ जनालाई थप उपचारका लागि काठमाडौं ल्याईएको छ।

उदयपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कार्की सहित उदयसी बहुमुखी क्याम्पस कटारीका स्ववियु सभापति मिरा कटुवाल, कांग्रेस कार्यकता धनमाया धौलाकोटी र गाडी चालक राजन कार्कीलाई हेलिकप्टरबाट त्रिवि शिक्षण अस्पताल महाराजगंञ्ज ल्याईएको हो।

उदयपुरगढी गाउँपालिका–६ स्थित दनुवारबेंसीमा आज बिहान ८ बजे बम विस्फोट भएको थियो । प्रहरी नायब उपरीक्षक मेघराज अधिकारीका अनुसार बा १५ च ७८०६ नं को बलेरो जीपमा सवार कार्की सहित ९ जना नेपालटारबाट कटारीतर्फ जाँदै गर्दा अज्ञात समूहले राखेको एम्बुसमा परेका थिए।

बाँकीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उम्मेदवार कार्कीको टाउको र खुट्टामा चोट लागेको छ ।  घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरेर जंगल क्षेत्रमा खोजी भईरहेको प्रहरीले जनाएको छ ।