वाम गठबन्धनमा चुनावी जन लहर यस्तो छ

वाम गठबन्धनमा चुनावी जन लहर यस्तो छ

सानुराजा पुरी/काठमाडौं । काठमाडौ । काठमाडौ निर्वाचन क्षेत्र नं ७ मा वाम गठबन्धनका साझा उम्मेदवार प्रतिनिधि सभाका रामवीर मानन्धर र प्रदेश ख का उम्मेदवार प्रकाश श्रेष्ठको पक्षमा जनलहर देखिएको छ ।

आज विहान भएको घरदैलो कार्यक्रममा देखिएको उत्साहले यो अनुमान गरिएको हो । आजै विहान बालाजु गोलढङ्मा शुरु भएको कर्याक्रममा स्थानीय जनताको उल्लेख्य उपस्थिति थियो ।

न्यूजमिसाइलयसंगको संक्षिप्त कुराकानीमा रामवीर मानन्धरले वाम गठबन्धनको पक्षमा जनताले भोट दिने विश्वास व्यक्त गरे । जनताको काममा सधै लागि रहेकाले जनताले बामगठबन्धनलाई विश्वास गरेकोले आफनो विजयी सुनिश्चित भएको बताए ।

विकास निर्माणमा जनताले साथ दिए जस्तो निर्वाचनमा पनि साथ सहयोग दिने कुरामा आफू विश्वस्त रहेको प्रदेश ख का उम्मेदवार प्रकाश श्रेष्ठले बताएको हो।

काठमाडौबाट यति नजिक भएरपनि गोलढुङ्गा, तीन पिप्ले जस्ता ठाउँ पछाडि परेकोले यी ठाउँहरुको विकास गर्ने विश्वास जनतालाई दिलाएकोले गर्दा आफू विजयी हुनेमा आशा एवम् विश्वास लागेको श्रेष्ठले दाबी गरे ।

स्थानीय नागरिकहरुको उपस्थिति एवम् घरदैलो अभियानमा सरिकहरुको भनाईलाई आधार बनाउँदा सो क्षेत्रमा वामगठबन्धनले नै विजयी को बाजी मार्ने देखिन्छ।

 

Share