‘मेरो माया’ मार्फत मालती राईले यसरी पोखिन् माया…

‘मेरो माया’ मार्फत मालती राईले यसरी पोखिन् माया…

काठमाडौ । सन्दर स्वच्छ मन मुटु भएकी एउटी कुशल ब्यूटिसियन, विजनेश वुमन र गायिका हुन् मालती राई । गायिका राईको भर्खरै मात्र युट्यूव च्यानेल मार्फत पप लयमा आधारित ‘मेरो माया’ म्यूजिक भिडियो सार्बजनिक भएको छ ।

गायिका मालती राईको ‘मेरो माया’ नयाँ नेपाली पप म्यूजिक भिडियोलाई एक कार्यक्रमकावीच विश्वभरका नेपालीहरुले एकैसाथ सुन्न मिल्ने गरी सार्बजनिक गरिएको हो ।

गायिका राईले यसभन्दा पहिला थुप्रै गीतहरु मार्मिक भाकामा गाइसकेर चर्चामा रहेको गायिकाहरु मध्ये कै दर्जाका एकमा पर्छिन् । जस्तो कि ‘माझी दाई’ पप सङ्ग, ‘जीवन मेरो’ पूर्वेली लोक भाकामा लगाएत गीतहरु गाएर गीत संगीत क्षेत्रमा एउटा अभिन्न चर्चा बटुल्न सफल गायिका हुन् मालती राई।

आफ्नै प्रेमीप्रतिको यो समर्पणयुक्त भावमा तयार भएको म्यूजिक भिडियो यो ‘मेरो माया‘ गीतको रेकर्डिङ्ग तथा मिक्सिङ्ग राजिव शाहले गरेका छन् । गीतको शब्द स्पन्दन स्वरहाङ राई रचेका हुन् भने एरेञ्ज अन सुनारले गरेका छन्।

त्यस्तैगरी संगीत राकेश राईले भरेका छन् भने सम्पादन र अडियो मज्जाको म्यूजिकले गरेका हुन् ।