तारा एयरको बिमान सिमिकोटमा दुर्घटना

तारा एयरको बिमान सिमिकोटमा दुर्घटना

काठमाडौ । हुम्लाको सिमीकोट बिमानस्थलमा आज विहान तारा एयरको बिमान दुर्घटना भएको छ । दुर्घटनामा चालक दलका ३ सदस्य सहित ४ जना घाइते भएका छन्।

घाइते हुनेमा क्याप्टेन बसन्त लामा र अनुप गुरुङ, परिचारिका श्रेया श्रेष्ठ र प्रहरी सहायक निरीक्षक यम प्रसाद दाहाल रहेका छन् । बिमानमा चालक दलका सदस्य सहित १३ जना सवार रहेकोमा ९ जना अन्य यात्रु भने सकुशल रहेको जनाएका छन् ।

घाइते मध्ये प्रहरी सहायक निरिक्षक दाहालको अवस्था गम्भिर रहेको र अन्य ३ जना समान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई अहिले हेलिकोप्टर मार्फत थप उपचारका लागि नेपालगन्ज पठाउने तयारी भइरहेको छ ।

बिहान ९ बजेर ३५ मिनेट जाँदा तारा एयरको नाइन ए.पि एम बिमान उडान भर्ने क्रममा अगाडिको टायर पञ्चर भएपछि दुर्घटना भएको हो ।

सिमीकोटबाट सो विमान सुर्खेतका लागि उडान भर्ने क्रममा थियो । धावनमार्गबाट चिप्लिएर धावनमार्ग मुनि रहेको स्थानीयको घरमा ठोक्किँदा विमानको अगाडिको भागमा पूर्ण क्षति भएको छ ।