बेलुकीसम्ममा सबै ठाउँको मतपेटिका संकलन भइसक्ने

बेलुकीसम्ममा सबै ठाउँको मतपेटिका संकलन भइसक्ने

काठमाडौ । निर्वाचन आयोगले अझै १ सय ७ स्थानको मतपत्र संकलन गर्न बाँकी रहेको जनाएको छ । १०७ मध्ये ३७ स्थानको मतपेटिका हेलिकोप्टरबाट ल्याउनु पर्ने बताएको हो ।

आयोगका प्रवक्ता नवराज ढकालले २ हजार ९ सय १९ केन्द्रमध्ये अहिलेसम्म २ हजार ८ सय १० ठाउँको मात्र मतपेटिका संकलन गरेर सदरमुकाम ल्याइएको जानकारी दिए।

मौसमले साथ दिए आज बेलुकीसम्म सबै ठाउँको मतपेटिका संकलन भइसक्ने आयोगको भनाई छ । यसैबीच हिउँ परेपछि संखुवासभाका ९ वटा मतदान केन्द्रको मतपेटिका सदरमुकाम ल्याउन समस्या भएको छ ।

हेलिकप्टर जान नसकेपछि भोटखोला गाउँपालिकाको ७ र मकालु गाउँपालिकाको २ वटा मतदान केन्द्रको मतपेटिका ल्याउन नसकिएको जनाएका छन्।

मतपेटिका सुरक्षाका लागि तीन घेरामा सुरक्षा प्रवन्ध मिलाइएकोले शंका नगर्न आयोगले आग्रह समेत गरेको छ ।