‘यो मनलाई तेही आँखाको’ म्यूजिक भिडियो सार्बजनिक

‘यो मनलाई तेही आँखाको’ म्यूजिक भिडियो सार्बजनिक

काठमाडौ । वरिष्ठ उद्योगपति तथा चर्चित जादुमय स्वर सर्जक गायक प्रल्हाद तिमलसिनाको स्वरमा निर्मित ‘यो मनलाई तेही आँखाको’ म्यूजिक भिडियो सार्बजनिक भएको छ।

गायक तिमलसीनाकै एलबम महकमा समेटिएको गीत ‘यो मनलाई तेही आँखाको’ एक भब्य कार्यक्रमको आयोजना गरि भिडियो सार्वजनिक गरिएको हो ।

मायालुको बढी वखान गरिएको यस म्यूजिक भिडियोमा एलिजा बस्नेत र अनिल थापाले अत्यन्तै सुन्दर र आकर्षणले भरिएको अभिनय पस्केका छन्।

यस म्यूजिक भिडियोलाई निर्देशन आलोक नेम्वाङले गरेको हुन् । गीत रचनामा शिर्ष व्यक्तित्व काली प्रसाद रिजालको शब्द रहेको यस गीतमा संगीतकार आलोकश्रीको संगीत रहेको छ ।

त्यस्तैगरी भिडियो छायांकन धिरज जंग शाहको, सम्पादन प्रकाश तुलाधरको रहेको छ भने म्यूजिक एरेञ्ज नेपालकै वरिष्ठ म्यूजिक एजेञ्जर महाराज थापाले गरेका हुन्।