चलचित्र ‘शिरफूल’ को शिर्ष गीत सार्बजनिक

चलचित्र ‘शिरफूल’ को शिर्ष गीत सार्बजनिक

काठमाडौ । निर्माणको सम्पूर्ण काम पूरा गरेर प्रदर्शनको तयारीमा रहेको नेपाली कथानक चलचित्र शिरफूलको शीर्ष गीत आज सार्बजनिक भएको छ।

चलचित्र शिरफूलमा समेटिएको शिर्ष गीत शिरैमाथि शिरफूल बोलको गीतलाई आज एक विशेष कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो।

विश्वका विभिन्न देशहरुमा च्यारिटिको अन्तिम तयारीमा रहेको शिरफूलले देशैभरिका हलहरुमा प्रदर्शनको लागि मिति भने छिट्टै प्रत्रकार सम्मेलन गरि जानकारी दिने कुरा निर्माण स्रोतले जनाएको छ ।

बढ्दो आधुनिकताको प्रभावसँगै युवा पुस्तामा देखिएको विविध खाले विकृतिलाई उजागर गर्दै त्यसको निराकरण पहिल्याउन सहयोग पुग्ने विषयवस्तुलाई समेटिएको छ चलचित्रमा।

विशेषगरी नयाँ पुस्तामाझ प्रेम, मौलिकता तथा कला संस्कारलाई फेसनका रुपमा लिने चलनको बढ्दो विकृतिसँगै यसबाट समाजमा देखिएको नकारात्मक प्रभावको चित्रण गरिएको गरिएको छ ।

शिरफूलको गीतमा देवराज आले मगर र तारा श्रीस मगरको स्वर रहेको छ भने शब्द राजु थापा, संगीत देवराज आलेमगर र एरेन्ज रिकेश गुरुङले गरेका छन्।

मगर्स क्रियशन इन्भेष्टमेन्ट कम्पनी र पर्फमिङ्ग आर्ट क्रियशनको संयुक्त प्रस्तुति रहेको शिरफूलको निर्माता आर्शिवाद पुन मगर रहेका छन्।
कमल ऐक्चै मगरले चलचित्रलाई निर्देशन गरेका छन् । चलचित्रको टे«लर पनि छिट्टै नै सार्वजनिक हुने भएको छ ।

चलचित्र शिरफूल नेपाली दर्शंकको लागि एउटा उत्कृष्ट मौलिक चलचित्र बनेकोले आम दर्शकहरुले मन पराउनेमा निर्माता टीम ढुक्क छन् ।