कृषि विशेष रत्ननगर महोत्सवको आयोजना हुँदै

कृषि विशेष रत्ननगर महोत्सवको आयोजना हुँदै

काठमाडौ । चितवनमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गतका कार्यक्रमलाई विशेष प्राथमिकता दिदैँ रत्ननगर महोत्सव हुने भएको छ।

रत्ननगर उद्योग वाणिज्य संघ चितवनको आयोजनामा आउँदो २७ गतेदेखि माघ ७ गतेसम्म रत्ननगर स्थित टिकौलीको प्रस्तावित क्षेत्रिय रंगशालामा महोत्सव हुन लागेको हो।

महोत्सवलाई यसपटक कृषि विशेषको रुपमा आयोजना गर्न लागिएको संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक राजाराम रेग्मीले जानकारी दिए।

चितवनमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत ५ सय हेक्टरमा कृषि जोन कार्यक्रम सञ्चालन भएकाले महोत्सवमा विशेष कृषिको व्यवसायीकरणमा जोड दिएको अध्यक्ष रेग्मीको भनाई छ ।

महोत्सवमा ४५० स्टल रहने छ। नवौं संस्करणको रुपमा आयोजना गर्न लागिएको महोत्सवमा ५ लाख दर्शकको सहभागिता हुने र करिव रु ५० करोडको कारोबार हुने अनुमान गरिएको छ।