नेपाली राजनीति नै सुरक्षा प्रहरीको व्यथा

नेपाली राजनीति नै सुरक्षा प्रहरीको व्यथा

देशमा अराजकता र बेथिति नभएको कुनै क्षेत्र छैन । राजनीति, प्रशासन, शिक्षा, स्वास्थ्य आदि कुनै पनि क्षेत्रमा अनुशासन छैन । यसको कारण दण्डहीनता नै हो । दण्डहीनताकै कारण भ्रष्ट र आपराधिक मनोवृत्ति भएका व्यक्तिहरुको मनोबल बढिरहेको छ । उनीहरु देखादेखि नै कानूनको उल्लङ्घन गरिरहेका छन् तर सम्बन्धित निकाय तिनलाई केही गर्न नसक्ने अवस्थामा पु¥याइएका छन् । अपराधीहरुलाई राजनीतिक संरक्षण प्रदान गरिएकै कारण यस्तो अवस्था सिर्जना भएको छ । त्यसकारण भ्रष्टाचार र अराजकताको मूल जरो राजनीतिक दलहरु नै हुन् ।

व्यावसायिक दक्षताको दृष्टिले नेपाल प्रहरी कुनै पनि अर्थमा कमजोर छैन् । विश्वका कुनै पनि मुलुकमा पक्राउ पर्न नसकेका अन्तराष्ट्रिय अपराधीहरुलाई पक्राउ गरेर नेपाल प्रहरीले आफ्नो दक्षता प्रमाणित गरिसकेको छ । राजनीतिक हस्तक्षेप र दवाबकै कारण नेपाल प्रहरीलाई अपाङ्ग बनाइएको छ। प्रहरीलाई राजनीतिक हस्तक्षेप मुक्त गर्दै आफ्नो काम स्वतन्त्र रुपमा गर्न प्रोत्साहन गर्ने हो भने यसको कार्यक्षमतामा वृद्धि हुने निश्चित छ।

तर कतिपय राजनीतिक दल र तिनका नेताहरु नै आपराधिक तत्वहरुको संरक्षणमा संलग्न रहेकाले प्रहरीले पनि अपेक्षित काम गर्ने वातावरण पाएको छैन। त्यसो त कतिपय अवस्थामा आर्थिक चलखेलले पनि प्रहरीको क्षमतालाई कमजोर बनाएको देखिन्छ । यी दुई विषयलाई निर्मूल पार्ने हो भने देशमा सहज रुपमा शान्ति सुरक्षा सव्यवस्थाप हुने विश्वास गर्न सकिन्छ ।

अर्कोतर्फ नेपाल प्रहरीलाई सक्षम र सही दिशानिर्देश गर्नका लागि राजनीतिक हस्तक्षेपवाट मुक्त गरिनु पर्दछ । कुनैपनि प्रहरी निकायको नियुक्ति लगायतका विषयमा राजनीतिक स्वार्थ र चलखेल गर्न र गराउन दिनु हुंदैन । नेपाली प्रहरीलाई राजनीतिवाट मुक्त गराउन सक्नु पर्दछ । राजनीतिक हस्तक्षेप र चलखेलवाट टाढा राख्न सकेमा नेपालको प्रहरी सेवा अत्यन्त चुस्त तथा दुरुस्त हुने निश्चित देखिन्छ ।