केन्डल जेनर विश्वकै सर्वाधिक महंगी मोडेल

केन्डल जेनर विश्वकै सर्वाधिक महंगी मोडेल

फोब्र्सका अनुसार, केन्डलको सबैभन्दा बढी कमाई इन्स्टाग्रामबाट भएको बताएको छ । फोब्सले विश्वका सबैभन्दा बढी कमाई गर्ने १० मोडलको सूचि निकालेको हो।

सूचिको आधारमा पहिलो स्थानमा २२ बर्षीया अमेरिकी मोडल केन्डल जेनर छिन् । केन्डलले यसै बर्ष मात्रै दुई अर्ब २८ करोड ५८ लाख रुपैया कमाएकी छिन्।

केन्डलले कमाईमा ३७ बर्षीय मोडल जिसेल बन्डचेनलाई पछि पारेकी हुन् । जिसेल सन् २०१५ देखि फोब्सको महंगो मोडलको रुपमा पहिलो स्थानमै थिइन् । यस बर्ष जिसेलको कमाई एक अर्ब ८१ करोड ६७ लाख रुपैयाँ मात्रै रह्यो ।

पछिल्ला बर्षको तुलनामा केन्डलले यस बर्ष एडिडास, ला पर्ला र एस्टे लोडरजस्ता अन्तराष्ट्रिय ब्रान्डको एन्डोर्समेन्टको आधारमा करिब १ अर्ब २५ करोड रुपैयाँ बढी कमाई गरेकी छिन् ।

– एजेन्सी