उद्योग दिवसका अवसरमा देशैभर विभिन्न कार्यक्रम

उद्योग दिवसका अवसरमा देशैभर विभिन्न कार्यक्रम

काठमाडौ । उद्योग विभागले आज दोस्रो उद्योग दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । वि.सं. १९९२ को मंसिर ९ गते उद्योग परिषद स्थापना भएको दिनको सम्झनामा दिवस मनाउने गरिन्छ ।

‘औद्योगिक क्षेत्रमा लगानी समृद्धिको सुनौलो बिहानी’ भन्ने नारासहित उद्योग विभागका देशैभरका कार्यलयहरुमा विभिन्न कार्यक्रम गरिएको विभागका निर्देशक दुर्गा प्रसाद भुसालले जानकारी दिए ।

सरकारले २०७१ सालमा मंसिर ९ गतेलाई उद्योग दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । २०७२ मा नाकाबन्दी र भूकम्पको प्रभावको कारण मनाउन सकेको थिएन भने गएको वर्षबाट मनाउन थालेको हो ।