हाइकु नं. ५

हाइकु नं. ५

‘हाइकु’ नम्बर ५
**************
१. भोट र पैसा
समृद्धिको टालो
ढाकेन लाज ।

२. तेरो र मेरो
भातृत्व धरापमा
चुल्हो एउटै ।

३. उधारो बन्द
समृद्धिको आरम्भ
मौन समय ।

४. पारदर्शिता
सरुवा कि मिलान
फेरबदल ।

५. सबैका आँखा
लोकतन्त्रको जामा
हेरने दङ्ग ।

-खेमराज आचार्य