“यस्तै छ यहाँको चलन” टेलिसृङ्खला आजबाट प्रशारण

“यस्तै छ यहाँको चलन” टेलिसृङ्खला आजबाट प्रशारण

काठमाडौ । चर्चित नायिका शुभेच्छा थापा अभिनित “यस्तै छ यहाँको चलन” टेलिसृङ्खला आजबाट प्रशारण हुने भएको छ ।

शुभेच्छा सिने फ्रेम र राजु गिरी प्रोडक्शनको ब्यानरमा निर्माण भएको धारावाहिक टेलिसृङ्खला आज बेलुका ७ः३० बजे मेघा टेलिभिजनबाट प्रसारण हुँदैछ।

मनोरञ्जनात्मक अनि समाजको यथार्थ चित्रण ओकलिएको टेलिसृङ्खलामा चलचित्र जगतमै स्थापित नायिका शुभेच्छा थापाले समाजसेवी र सवल नारीको रुपमा भूमिका निभाएकी छिन्।

त्यस्तैगरी कलाकारहरुमा मदन सिटौला, पल्पसा डंगोल, सुरविर पण्डित, पदम पौडेल, सुधन धिताल, रश्मी भट्ट, सुशिला श्रेष्ठ, सन्तोष परियार र आकाश अधिकारीले जीवन्त अभिनय पस्किएका छन् ।

राजु गिरीको निर्देशनमा बनेको यस धारावाहिक टेलिसिरियल “यस्तै छ यहाँको चलन” मा संगीत बाबुल गिरीले भरेका छन् भने छायांकन कार्य दिपुले गरेका हुन् ।