३३ रनले मलेसियालाई पराजित

३३ रनले मलेसियालाई पराजित

काठमाडौ । एशिया क्षेत्रको महिला ट्वान्टी ट्वान्टी विश्वकप छनौट क्रिकेटमा नेपालले पहिलो जित दर्ता गरेको छ । बैंककमा आज विहान भएको खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गरेको हो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १ सय ८ रन बनाएको थियो । नेपालका लागि सिता राना मगरले ३७, ज्योती पाण्डे २१ र काजोल श्रेष्ठले १४ रनको योगदान गरे ।

रोमा थापा ६, नेरी थापा ५ र रितु कनौजिया एक रनमा आउट भए भने, इन्दु बर्मा ६ र कप्तान रुबिना क्षेत्री २ रनमा नटआउट रहे भने जवाफी ब्याटिङमा आएको मलेसिया निर्धारित ओभरमा ७ विकेट गुमाउँदै ७५ रनमै समेटियो ।

नेपालकी करुणा भण्डारीले ३, सोनु खड्का, रितु कनौजिया, नेरी थापा र सिता रानामगरले एक÷एक विकेट लिए । यसअघि शुरुका दुई खेल वर्षाका कारण प्रभावित भएपछि अंक बाँडेको नेपालले ४ अंक सहित अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

अब नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार चीनको सामना गर्नेछ ।