ओलीको अभिव्यक्तिप्रति यसरी खन्निए देउवा

ओलीको अभिव्यक्तिप्रति यसरी खन्निए देउवा

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपीले चुनाब भएको भोलीपल्ट पनि चुनाब हुँदैन भनेर भाषण गरी राख्ने भन्दै ओलीप्रति कटाक्ष गरेको छ।

सरकार तोकिएकै मितिमा चुनाब बनाउन प्रतिबद्ध भएपनि ओलीले सरकारले चुनाव नगर्न खोजेको भनेर अभिव्यक्ति दिईरहेको भन्दै प्रधानमन्त्री देउवाले आक्रोस पोखेको हो।

‘एमाले अध्यक्ष ओलीलाई के भा छ, म चुनाब गराउछु भन्छु उहाँ चुनाब सारिदैछ भन्नुहुन्छ’ –रुकुमको सदरमुकाम मुसिकोटमा कांग्रेसको चुनाबी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले भने- ‘केपीको दिमाग ठिक छ की छैन ।’

प्रधानमन्धी देउवाले आफ्नो भाषणको अधिकांस समय कम्यूनिष्टको विरोधमा खर्चिएका प्रधानमन्त्री देउवाले कम्युनिष्ट शासनमा जनताले अन्याय भो समेत भन्न नपाईने दोहोर्याएका थिए ।