३२ जिल्लाका शैक्षिक संस्थाहरु आजदेखि बन्द

३२ जिल्लाका शैक्षिक संस्थाहरु आजदेखि बन्द

काठमाडौ । पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका शैक्षिक संस्थाहरु आजदेखि बन्द गरिएको छ ।  आजदेखि १० गते चुनाव हुने दिनसम्म विद्यालय र क्याम्पसहरु बन्द हुनेछन्।

आधिकांस मतदान केन्द्रहरु विद्यालय तथा कलेजका भवनमा राखिएकोले आजैदेखि विदा दिने सरकारले यसअघि नै निर्णय गरिसकेको छ ।

 

आजैदेखि सबै मतदान केन्द्रको ब्यवस्थापन शुरु गरी भोलिदेखि मतदाता परिचयपत्र वितरण गर्नु पर्ने भएकोले शैक्षिक संस्थाहरु बन्द भएका निर्वाचन आयोगले जनाएको छ।

सरकारी तथा गैरसरकारी कार्यालयहरु भने निर्वाचनको दिन १० गते मात्रै विदा हुनेछ ।