प्रशारण लाइन परिक्षणमा चमेलिया जलविद्युत

प्रशारण लाइन परिक्षणमा चमेलिया जलविद्युत

काठमाडौ । दार्चुलाको बलाचमा रहेको चमेलिया जलविद्युत आयोजनाको आज प्रशारण लाइन परीक्षण हुने भएको छ । ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको बिहान ११ बजे प्रशारण परिक्षण हुने आयोजनाले जानकारी दिएको जनाएका छन् ।

नेपाल सरकार तथा नेपाल विद्युत प्राविधकरणको संयुक्त लगानीका साथै दक्षिण कोरिया सरकारको ऋण सहयोगमा चमेलिया आयोजना सन् २००७ देखि निर्माण सुरु भएको हो । दार्चुलाको बलाचमा १ सय ३२ केभी विद्युत प्रवाह चार्ज गर्न लागिएको आयोजनाले जनाएको छ ।

परीक्षण गरिने भएकाले दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाचदेखि बैतडी, डडेल्धुरा, डोटी हुँदै कैलालीको गोदावरी, अत्तरीया सम्मका टावर तथा अन्य संरचना छुने, टावरमा चढ्ने जस्ता कार्य नगर्न चमेलीया जलविद्युत आयोजनाले आग्रह गरेको छ ।