श्रद्धाञ्जली सभामा गीत गाउँदा गाउँदै ढलेका पाख्रीनको अन्त्यष्टि

श्रद्धाञ्जली सभामा गीत गाउँदा गाउँदै ढलेका पाख्रीनको अन्त्यष्टि

काठमाडौ । जनवादी गायक खुसीराम पाख्रिनको आज बौद्ध परम्परा अनुसार पश्चिम चितवनको मंगलपुर ज्ञानेश्वरमा अन्त्येष्टि गरिएको छ।

पाख्रीनको पार्थिव शरिरलाई छोरा बाबुराम पाख्रिनले दागबत्ती दिए । उनका ज्वाई प्रताप गुरुङले तामाङको परम्परा अनुसार मंसिर १६ र १७ गते चोख्याउने जानकारी दिए।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार जनगायक पाख्रिनको ६५ वर्षको उमेरमा हिजो हृदयाघात भई मृत्यु भएको थियो।

संयुक्त वाम गठबन्धनले चितवनमा गरेको चुनावी सभा एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाशको श्रद्धाञ्जली सभामा गीत गाउँदा गाउँदै अचानक ह्रदयघात भएपछि लगत्तै अस्पताल पुर्याईएका पाख्रिनको केही घण्टामै मृत्यु भएको थियो ।

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ रामपुर घर भएका पाख्रिनको जन्म विसं २००९ सालमा भएको हो ।
पाख्रीनका श्रीमती सहित १ छोरा र दुई छोरी छन् । एक छोरा भने द्धन्द्धकालमा मारिएका थिए । उनका करिव ५ सय गीतहरु छन् ।

Share