आइसिसी विश्व क्रिकेट लिग छनौटमा कुन कुन खेलाडी परे ?

आइसिसी विश्व क्रिकेट लिग छनौटमा कुन कुन खेलाडी परे ?

काठमाडौ । मंसीर २२ गते युएई विरुद्ध हुने आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि दोस्रो चरणमा २० जना खेलाडी छनौट भएका छन्।

नेपालले सातौँ चरण अन्तर्गत युएईसँग मंसीर २२ गते खेल्दैछ । पारस खड्का कप्तान र ज्ञानेन्द्र मल्ल उपकप्तान रहेको टोलीमा बसन्त रेग्मी, अनिल कुमार शाह, विनोद भण्डारी, दिलीपनाथ, दिपेन्द्र सिंह ऐरी, हासिम अन्सारी, जितेन्द्र मुखिया छन् ।

त्यस्तै करन केसी, कुशल भुर्तेल, ललित भण्डारी, मोहमद आरिफ शेख, सागर पुन, सन्दीप लामिछाने, शक्ति गौचन, शरद भेषवाकर, सिद्धान्त लोहनी, सोमपाल कामी, सुशील कंडेल पनि छनोटमा परेका हुन् ।

कार्तिक ३० देखि साउन ४ गतेसम्म भएको छनोट चरणबाट खेलाडी छानिएको हो । मेहबुुब आलम र सौरभ खनाल चोटका कारण टोलीमा परेनन्।