मतदाता रिझाउने अन्तिम कसरत तिब्र

मतदाता रिझाउने अन्तिम कसरत तिब्र

काठमाडौ । भोलि रातिदेखि मौन अवधि शुरु हुनु अगावै पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा उम्मेदवारले चुनावी प्रचार तिब्र पारेका छन्।

विभिन्न राजनीतिक दलहरुका उमेद्वारहरुले मौन अवधि अगाडि नै मतदाता रिझाउने अन्तिम कसरत गरिरहेका छन् । निर्वाचन क्षेत्रका सबै ठाउँमा पुग्न नभ्याएका उम्मेदवारले कोणसभा आयोजनाको तयारी गरेका छन् ।

कतिपय उम्मेदवार भने भोलिसम्म बाँकी मतदाताको घरघरमै पुगेर भोट माग्दैछन् । यसैबीच, बाम गठबन्धनले आज रुपन्देही, कपिलवस्तु र दाङमा चुनावी सभा गर्दैछ । रुपन्देहीको बुटवल, कपिलवस्तुको गोरुसिङ्गे र दाङको तुल्सीपुर र घोराहीमा सभा हुनेछ ।

सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले सम्बोधन गर्ने भएको छ ।