चिकित्सकहरुको दक्षिण एशियाली सम्मेलन काठमाडौंमा

चिकित्सकहरुको दक्षिण एशियाली सम्मेलन काठमाडौंमा

काठमाडौ । विभिन्न देशको स्वास्थ्य उपचार विधिको अनुभव आदान प्रदान गर्ने उद्देश्यका साथ चिकित्सकहरुको दक्षिण एशियाली क्षेत्रीय सम्मेलन यही मंसीर ९ र १० गते काठमाडौंमा हुने भएको छ ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गरी स्वास्थ्य उपचार विधिको अनुभव आदान प्रदान गर्ने उद्देश्यले चिकित्सकहरुको दक्षिण एशियाली क्षेत्रीय सम्मेलन आयोजना गर्न लागि जानकारी दिइएको हो ।

२ दिनसम्म चल्ने सम्मेलनमा स्वदेशी करिव ४ सय तथा विदेशी १ सय ५० जना भन्दा बढि चिकित्सकहरु सहभागी हुनेछन् । चिकित्सकहरुको दक्षिण एशियाली क्षेत्रीय सम्मेलनलाई राष्ट्रपति विद्या भण्डारीले उदघाटन गर्ने कार्यक्रम छ ।