शान्ति सम्झौता भएको ११ वर्ष पूरा

शान्ति सम्झौता भएको ११ वर्ष पूरा

काठमाडौ । दस बर्षे लामो सशस्त्र जनयुद्धको औपचारिक अन्त्य भएको घोषणा गर्दै सरकार र तत्कालिन विद्रोही नेकपा माओवादीबीच शान्ति सम्झौता भएको आज ११ वर्ष पुरा भएको छ ।

तत्कालिन सरकारले सशस्त्र द्वन्द्वमा रहेको माओवादीसँग २०६३ साल मंसिर ५ गते शान्ति सम्झौता गरेको थियो । तर शान्ति सम्झौता गरिएका कतिपय महत्वपूर्ण विषयहरु अहिले पनि कार्यान्वयन भएका छैनन् ।

बेपत्ता छानविन र उच्चस्तरीय सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गरी काम अगाडि बढाए पनि त्यसले आशातित काम गर्न सकेको छैन। द्धन्दपीडित र विस्थापित व्यक्तिलाई पुनस्थापना गर्ने काम हुन सकेको छैन ।

२०७१ माघ २८ मा गठित बेपत्ता पारिएका व्यक्ति खोजविन र सत्य निरूपण तथा मेलमिलाप आयोगले तोकेको काम गर्न नसकेर थपेको समय पनि गुज्रन लागेको छ।

सम्झौता अनुसार सशस्त्र आन्दोलनको औपचारिक अन्त्यको घोषणा, माओवादी सेना र नेपाली सेनाको हतियार संयुक्त राष्ट्रसंघले प्रमाणीकरण र अनुगमन, माओवादी लडाकुको रेखदेख समायोजन र पुनस्र्थापना, राजाको सबै राजनीतिक अधिकार अन्त्य जस्ता प्रावधानहरु पूरा गरिए।

शान्ति सम्झौताको मुख्य लक्ष्य संविधानसभाबाट संविधान जारी गर्ने नेपाली जनताको चाहना पूरा भएको छ, भने अहिले संविधान कार्यावन्यनको चरणमा छ।

नयाँ संविधान अनुसार स्थानिय तहको चुनाव सम्पन्न गरी प्रदेश र प्रतिनीधसभाको चुनाव गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।