राष्ट्रिय प्राथमिकतामा कान्ति लोकपथ : सञ्जेल

राष्ट्रिय प्राथमिकतामा कान्ति लोकपथ : सञ्जेल

ललितपुर । राजधानीलाई तराईसँग जोड्ने कान्ति लोकपथ द्रुतमार्ग छिटो भन्दा छिटो निर्माण सम्पन्न गराउने प्रतिबद्धता बाम गठबन्धनका चर्चित अनि होनहार उम्मेद्वार चेतनाथ सञ्जेलले प्रतिबद्धता ब्यक्त गरेका छन् ।

तराई जोड्ने वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएका दक्षिणकाली–हेटौंडा र बनेपा–सिन्धुली राजमार्गले ठूला यात्रुवाहक र मालवाहक सवारी थेग्न नसक्ने हुनाले पनि कान्ति लोकपथलाई छिटो भन्दा छिटो निर्माण सम्पन्न गराउने प्रतिबद्धता ल्लितपुर क्षेत्र नम्बर १ को प्रदेश सभा ख का उम्मेद्वार चेतनाथ सञ्जेलले गरेका छन्।

उम्मेद्वार सञ्जेलले माल्टामा मतदाताहरुमाझको घरदैलो कार्यक्रममा बोल्दै  कान्ति लोकपथलाई छिटो भन्दा छिटो सम्पन्न गरेर जनतालाई सहयोग गर्ने वचन दिए। उनका अनुसार ठेकेदार कम्पनी र आयोजनाले सडक विस्तार कार्य तीव्र गति नदिँदा निर्धारित समयमा योजना सकिने सम्भावना टरेको हो।

कान्ति लोकपथ आयोजनामा भएको ढिलासुस्ती र अपारदर्शिताको छानवीन गर्न पहल गर्ने मेरो प्राथमितामा छ, उनले भने, “यो लोकपथलाई तत्काल राष्ट्रिय प्राथमिकताको राजमार्गका रुपमा शिघ्र कार्यान्वयनमा ल्याउने प्राथमिकता छ ।”

कान्ति राजमार्गलाई कछुवाको गतिबाट छिटो हिडाउन म पहल गर्नेछु, उनले भने, “सडक विस्तारका क्रममा देखीएका समस्या समाधान गर्दै लैजानुपर्छ, सडक विस्तारका क्रममा भत्काइएका घरलाई क्षतीपूर्ति दिनुपर्छ । हेटौंडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म कान्ति लोकपथको लम्बाइ ९० किलोमिटर छ । आफ्नो क्षेत्रको सडक स्तरोन्नती गर्ने, भट्टेडाँडामा सुविधा सम्पन्न अस्पताल बनाउने उनको योजना छ ।”

यसैगरी उनले कृषिलाई वैज्ञानिक र व्यावसायीकरण गर्ने, खाडी मुलुकमा रोजगारीका लागी गएका नेपाली युवालाई देशमै राखेर कामको सिर्जना गर्ने, बिजुली नपुगेका घरमा बिजुली पु¥याउने, पर्यटनको संभावनालाई मुर्त रुप दिने लगायतका योजना अघि सारेका छन् । परम्परागत जात्रा, मठ मन्दिर आदीको संरक्षणमा जोड दिने प्रतिबद्धता छ।

– नवीन लुईटेल