“आज भित्र भित्रै मन मा” म्यूजिक भिडियो बाहिर आयो

“आज भित्र भित्रै मन मा” म्यूजिक भिडियो बाहिर आयो

काठमाडौ । कलानेपाली मिडिया कम्पनीको प्रस्तुतीमा राजु लामाको नेपाली आधुनिक गीत “आज भित्र भित्रै मन मा” म्यूजिक भिडियो सार्वजनिक भएको छ।

 

आजै एक विशेष कार्यक्रमको आयोजना गरी विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा उक्त नेपाली आधुनिक गीतको म्यूजिक भिडियोलाई सार्बजनिक गरिएको हो।

“आज भित्र भित्रै मन मा”  भिडियोमा नेपाली सिनेमा जगतकै उत्कृष्ट खाइलाग्दी अनि हट एण्ट हिट नायिका शुभेच्छा थापाको पूर्ण आकर्षणयुक्त अभिनय रहेको छ भने नायिकालाई थापालाई साथ दिएका छन् गोविन्द लामाले ।

वरिष्ठ गायक तथा कलाकार लक्ष्मण शेषको आवाज रहेको “आज भित्र भित्रै मन मा” म्यूजिक भिडियोमा राजु लामाले संगीत भरेका छन् । नृत्य राजन महर्जनको हो भने निर्देशन रहेको छ शंकर अधिकारी घायलको ।

यस म्यूजिक भिडियो प्रेम शर्मा पौडेलद्वारा सम्पादित छन् । भिडियोलाई छायांकन गरेका छन् रामकृष्ण कँडेलले भने पोष्ट प्रोडक्शन कोचे मल्टीमिडिया प्रा.लि.मा भएको हो ।