महालक्ष्मीले गरे असहाय बालबालिकाहरुलार्ई महादान

महालक्ष्मीले गरे असहाय बालबालिकाहरुलार्ई महादान

काठमाडौ । “आजका बालबालिका भोलिका कर्णधार” भन्ने नारालाई आत्मसाथ गर्दैे आज महालक्ष्मी बिकास बैंक लि. गोंगबु शाखाले संस्थागत १७ जना टुहुरा तथा असहाय बालबालिकाहरुलाई सहयोग प्रदान गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्र्तगत ती १७ जना टुहुरा तथा असहय बालबालिकाहरुलाई हेरचाह गरेर बसेको जरंखु, गोंगबु स्थित Nepal Human Service Organization लाई सहयोग स्वरुप करिब रु. ३५,०००।– बराबरको तल्ले खाट उपलब्ध गराएको हो ।

संस्थागत सामाजिक उत्तरदायित्वसंग सम्बन्धित बिभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको र आगामी दिनहरुमा पनि यस्तैगरी सामाजिक कार्यहरुलाई निरन्तरता दिदैं जाने बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले प्रतिबद्धता जनाए ।