फोरमको घरदैलो सँगसँगै पार्टी प्रवेश गर्नेको लर्को

फोरमको घरदैलो सँगसँगै पार्टी प्रवेश गर्नेको लर्को

बीरगंज सम्वाददाता । संघिय समाजवादी फोरम नेपाल पर्साले चुनावी रणनीति तथा घरदैलो र पार्टी प्रवेश कार्यक्रमलाई तिव्र बनाएको छ ।

आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको प्रचार प्रसार अन्तर्गत संघिय समाजवादी फोरमले फोरम नेपाल र राजपा गठबन्धनले आज निर्वाचन क्षेत्र न. २ अन्तर्गत अलौमा चुनाबी छलफल तथा अगुवा कार्यकर्ता भेटघाट सम्पन्न गरेको छ ।

कार्यक्रममा क्षेत्र न. २ को प्रतिनिधि सभाका उम्मेदवार विमल श्रीवास्तव, शशिकपुर मिया, मुकेश द्धिबेद्धी, तबरेज अहमद, बह्मदेब यादब बिरेन्द्र यादब लगायतको उपस्थिति रहेको थियो ।

यस्तै संघीय समाजवादी फोरम नेपालले वीरगन्ज महानगरपालिका वडा नम्बर १४ पिपरामा आज चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेको छ। पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप यादवको अगुवाइमा घरदैलो कार्यक्रम भएको हो ।

घरदैलो कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, जिल्ला उपाध्यक्ष सुन्दर कुर्मी , लगायतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो।

त्यसैगरी नेपाल संघीय समाजबादी पार्टीले पर्साको निर्वाचन क्षेत्र नं. ३ को भौराटार पटनी, बलिरामपुर, गादीमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पार्टिका कमल यादव, रामनिवास चौरसिया लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

संघिय समाजवादी पार्टी फोरम र राजपाले आज क्षेत्र नम्बर ४ को भिखमपुरमा घरदैलो कार्यक्रम सकाएको छ । कार्यक्रममा प्रदेश सभा ख का उम्मेदवार सिंहासन साह, सुधिर कर्ण, जगदिश पटेल, मदन चौहान, सुशिल कर्ण लगायतको सहभागिता रहेको थियो ।

यसैविच संघिय समाजवादी फोरमले पर्साको क्षेत्र नम्बर ३ अन्तर्गत बहुअर्वामा पार्टि प्रवेश गर्नेहरुको लागि स्वागत कार्यक्रम सम्पन्न गरेको छ । नव प्रवेशीहरुलाई पार्टीकातर्फबाट प्रतिनधिसभा उम्मेदवार हरिनारायण रौनियारले टिका लगाई स्वागत गरेको थियो । साथै क्षेत्र नम्बर ३ मा फोरमको घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रदेशसभा सदस्यका उम्मेदवार प्रह्लाद गिरी, नेताहरु प्रदीप जैसवाल, अजय गुप्ता लगायत सयौंको सहभागितामा घरदैलो कार्यक्रम सम्पन्न भएको हो।

त्यस्तैगरी संघिय समाजवादी फोरमले पर्साको क्षेत्र नम्बर ३ अन्तर्गत बहुअर्वामा पार्टी प्रवेश गर्नेहरुलाई स्वागत कार्यक्रमको आयोजना गरेको थियो।

नवप्रवेशीहरुलाई पार्टीकातर्फबाट प्रतिनधिसभा उम्मेद्वार हरिनारायण रौनियारले टिका लगाई स्वागत गर्दै क्षेत्र नम्बर ३ मा फोरमको घरदैलो कार्यक्रम सम्पन्न गरको छ।

कार्यक्रममा प्रदेशसभा सदस्यका उम्मेदवार प्रह्लाद गिरी, नेताहरु प्रदीप जैसवाल, अजय गुप्ता लगायतको सहभागितामा घरदैलो कार्यक्रम सम्पन्न भएको छ।