निर्वाचन पर्यवेक्षक (इयू इओएम) टोली आज नेपाल भित्रिदै

निर्वाचन पर्यवेक्षक (इयू इओएम) टोली आज नेपाल भित्रिदै

काठमाडौ । युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसन (इयु इओएम) का २० जना निर्वाचन पर्यवेक्षकको टोली आज नेपाल आइपुग्ने भएको छ।

अल्पकालीन पर्यवेक्षकका रूपमा २० जना पर्यवेक्षकले मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचन हुने जिल्लामा परिचालित हुने मिसनले जनाएको छ।

उनीहरूले मतदान केन्द्र, निर्वाचनका दिन हुने मतदानका साथै निर्वाचन सामाग्रीलाई जिल्ला कार्यालयमा गरिने परिवहन कार्यको समेत अवलोकन गर्ने छन्।

इयु पर्यवेक्षकहरू पहिलो र दोस्रो दुवै चरणमा मतदान भएका जिल्लामा मतगणनाका लागि समेत उपस्थित जनाउनेछन् । मिसनमा सहभागी हुन युरोपेली संसद्का सदस्यहरूको प्रतिनिधिमण्डल पनि यसै हप्ता नेपाल आइपुग्ने तय भैसकेको छ ।