“ए काली” म्यूजिक भिडियो, उत्साहपूर्वक लण्डनमै रिलिज

“ए काली” म्यूजिक भिडियो, उत्साहपूर्वक लण्डनमै रिलिज

लण्डन । लण्डन निवासी अति रोमान्टिक पाराको गायक सुरेशराज पाठकको “ए काली “ म्यूजिक भिडियो लण्डन मै रिलिज भएको छ ।

असाध्यै जोसिलो गायक सुरेशराज पाठक बेलायतमै विगत १५ बर्षदेखि स्थायी रुपमा वसोवास गर्दै आएका छन् । सुरेशको सुरिलो आवाजमा गाइएको गीतहरुमा झुम्ने र रम्ने कलाकार लगाएत सारा नेपाली कम छैनन् वेलायतमा ।

कतिपयले त आफ्ना जीवनसाथीलाई पनि ए काली (प्यारो शब्द) भनेर पुकार्ने गरेको पाइन्छ तर गायक पाठक र रचनाकार आचार्यको भित्री भाव पनि यहि नै हुनु पर्छ।

गीत लेखनदास (गीतकार) बिपिन आचार्य कुनै एउटी काली अथवा गोरीबाट अति प्रभावित भएर नै “ए काली” भन्ने गीत फुरेको हुनु पर्छ भने अनुमान लगाउँन सकिन्छ। यस्तैगरी गतवर्ष पनि गायक पाठकले “आउंदै छु” भन्ने गीतको म्यूजिक भिडियो बजारमा ल्याएको थियो।

सुरेश काफ्लेद्वारा निर्देशित “ए काली” भिडियोमा जोशिलो अनि अलि बढी आक्रामक शैलीले पाठकको गायनमा दम् पुरै नेपाली मौलिकपन् झल्किन्छ।

बिपिन आचार्यको शव्द तथा संगीतमा निर्माण भएको यसपालीको “ए काली” भिडियोमा विशाल सापकोटा तथा नविना दाहालको खुबै चखिलो अभिनय प्रस्तुत गरेका छन् ।

गायक पाठक भन्छन् : विदेशमा रहेर आफ्नो देश जन्मभूमि नेपाल र नेपाली गीत संगीतप्रेमी अनि स्रोता दर्शकहरु प्रति यो अगाध मायाको कोसेली पस्केका छौ ।

देशी हो या विदेशी सबै नेपालीहरुप्रति हार्दिक आभार प्रकट गर्दै आफ्नै मौलिक गीत संगीत सुनेर आनन्द लिई माया गरिदिनु भएको छ ।

आगामी दिनहरुमा पनि यस्तैगरी हामीलाई समयले साथ दिउन् ।

Share