उत्कृष्ट प्रतिफलसँगै नेपाल लाइफ इन्स्योरेन्सको शाखा विस्तार

उत्कृष्ट प्रतिफलसँगै नेपाल लाइफ इन्स्योरेन्सको शाखा विस्तार

काठमाडौ । नेपाल लाइफ इनस्योरेन्स कम्पनी लि. ले जीवन वीमाको बजार विस्तार गर्दै आफ्ना सेवाग्राहीहरुलाई गुणात्मक जीवन वीमा सेवा उपब्ध गराउँने उद्देश्यले उपशाखा विस्तार गरेको छ ।

आज झापा जिल्लाको चन्द्रगढीमा स्थापना गरेको उपशाखा कार्यालय बीमा समितिका नि. कार्यकारी निर्देशक श्रीमान कार्कीले औपचारिक रुपमा समुद्घाटन सम्पन्न गरेको हो ।

 

उत्घाटन समारोहमा प्रमुख अतिथि, बीमा समितिका नि. कार्यकारी निर्देशक श्रीमान कार्कीले जीवन बीमा क्षेत्रमा केही समयदेखि अर्थतन्त्रमा उत्साहजनक योगदान पुर्याइरहेको भन्दै बैकिङ्ग क्षेत्रसँग स्वस्थ्य प्रतिष्पर्धा एबं परिपूरक क्षेत्रको रुपमा भूमिका निर्वाह गर्दै आइरहेको दाबी गरे ।

समितिका नि. कार्यकारी निर्देशक कार्कीले उप शाखा कार्यालयको स्थापनाबाट स्थानीय स्तरमा बीमितले सेवा प्राप्त गर्ने र यसले बीमा बजारको विकासमा थप सघाउ पुग्नेमा जोड दिएका थिए ।

बीमा क्षेत्रमा देशकै अग्रणी भूमिका खेलेको नेपाल लाइफ इन्स्योरेन्सको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत विवेक झा ले कम्पनीको बजार विस्तार रणनीति अन्र्तगत चालु आ.व. मा शाखा तथा उपशाखा कार्यालय विस्तारमा जोड दिदै आएको वताए।

अधिकृत झाले प्रतिष्पर्धात्मक वातावरण एबं अग्रणी कम्पनीको नाताले बीमितको सर्बोपरि हितका लागि आवश्यक मापदण्डहरु के के हुन् ति विषयहरुमा आम नागरिकहरुलाई जागरुक बनाउने प्रतिबद्धता जाहेर गरेको थिए।

प्रमुख कार्यकारी अधिकृत झा ले कम्पनी अभिकर्ताहरुलाई समाजमा स्थापित गर्न भरमग्दुर प्रयास गरेको फलस्वरुप आज कम्पनीका अभिकर्ताहरु समाजका महत्पूर्ण संवाहकको रुपमा स्थापित हुनु भएकोमा आफूलाई गर्व लागेको बताएका थिए।

यसरी कम्पनीका हजारौ प्रतिबद्ध अभिकर्ताहरु एवं कर्मचारीहरुले बीमितको सर्वोपरि हितलाई ध्यानमा राख्दै बीमितको प्रतिफल बृद्धि तथा दीगो व्यवसाय हासिल गर्ने तर्फ कार्य गर्दै आएको फलस्वरुप कम्पनीले यस क्षेत्रमा अग्रणी स्थान ओगट्न सफल भएको स्पष्ट पारे ।

नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले चालु आ.व.२०७४/०७५ को प्रथम त्रैमासिक अवधिमा कूल विमाशुल्क आम्दानी करिब रु. ३ अर्ब ८० करोड रहेको छ । कम्पनीको खुद नाफा गत वर्षको सोही तुलनामा तीन गुणाले बृद्धि भई करिब रु. १७ करोड ७५ लाख पुगेको जानकारी दिए ।

त्यस्तैगरी कम्पनीको जीवन वीमा कोषमा २६.४७ प्रतिशतले बृद्धि भई करिब ४३.३६ अर्ब तथा कूल लगानी करिब ४०.५५ प्रतिशतले बृद्धि भई करिब रु. ५० अर्ब भन्दा बढी हासिल गरेको छ ।

कम्पनीले बीमितहरुलाई रु. ६५ देखि रु. ८२ सम्मको सर्वाधिक बोनसदर प्रदान गरी समग्र जीवन बीमा क्षेत्रमा अग्रगी स्थान हासिल गर्न सफल भएको छ ।