बम आक्रमणकारीलाई कारवाही नगरी नछाड्ने : देउवा

बम आक्रमणकारीलाई कारवाही नगरी नछाड्ने : देउवा

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेद्वार र चुनावी सभामा बम आक्रमण गर्नेलाई कारवाही गर्ने बताएको छ ।

प्रेस युनियन डडेल्धुराले गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले चुनाव भाँड्न आक्रमण भईरहेको भन्दै भत्र्सना समेत गरे । देउवाले आक्रमण गर्नेलाई कानून अनुसार कारवाही गरिने बताए ।

प्रधानमन्त्री देउवाले जुनसुकै किसिमका विध्वसंसात्मक घटना भएपनि निर्वाचन कुनै पनि हालतमा नरोकिने स्पष्ट पारे ।

Share