टेलिकमको थ्रिजी सेवा लोमान्थाङमा शुरु

टेलिकमको थ्रिजी सेवा लोमान्थाङमा शुरु

काठमाडौ । नेपाल टेलिकमले मुस्ताङको लोमान्थाङमा थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले झण्डै ३ हजार ८ सय मिटर अग्लो स्थानमा रहेको लोमान्थाङ गाउँपालिका ५ मा थ्रिजी बिटिएस राखेर सेवा सुरु गरेको हो ।

मुक्तिक्षेत्र गाउँपालिकाको ४ हजार २ सय ५० मिटर अग्लो स्थानमा अवस्थित घिउला डाँडामा रिपिटर स्टेशन राखी माइक्रोवेभ लिंक मार्फत बिटिएससँग सम्पर्क कायम गरिएको छ ।

अब लोमान्थाङ गाउँपालिकाका सबै स्थान र दालोमे गाउँपालिकाका केही स्थानमा समेत थ्रिजी सेवाको कभरेज कायम भएको छ ।

यो सेवाबाट ४ सय ५० भन्दा बढी घरधुरी लाभान्वित हुनुको साथै लोमान्थाङ, छोसेर र कोरला नाकासम्म घुम्न जाने पर्यटकले समेत थ्रिजी सुविधाको उपभोग गर्न सक्ने टेलिकमले जनाएको छ ।