सेनाद्वारा सत्ता कब्जा

सेनाद्वारा सत्ता कब्जा

जिम्बाब्बेमा सेनाले सत्ता कब्जा गरेपछि हजारौं व्यक्ति सडकमा उत्रेर खुशीयाली मनाएका छन् । उनीहरुले राष्ट्रपति रोबर्ट मुगावेलाई पदबाट राजिनामा दिन आग्रह गरेका छन् ।

मुगावेका तस्विर सहितका प्ले कार्ड बोकेका पर्दशनकारीले राष्ट्रपति मुगावे विरुद्ध नारावाजी गर्दै उनको घरसम्म मार्चपास गरेका विविसीले जनाएको छ ।

गतहप्ता राष्ट्रपति मुगावेले उपराष्ट्रपति इमरसन मनंगावालाई बर्खास्त गर्दै आफ्नी श्रीमती ग्रेस मुगावेलाई उत्तराधीकारी तोकेको थियो।

देशमा जारी तनावकाबीच गत बुधबार सेनाले हस्तक्षेप गरी मुगावेलाई नजरबन्दमा राखेको थियो ।

-एजेन्सी